काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर रञ्जन कोइरालाको जन्मकैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको जन्मकैदको सजाय ८ वर्ष ६ महीनामा झार्ने सर्वोच्च अदालतको १५ असारको फैसलालाई पुनरावलोकन गर्ने फैसला गरेको हो । सर्वोच्चको फैसलापछि ८ साउनमा कोइराला डिल्लीबजार कारागारबाट छुटेका…