काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया चिनियाँ महिलाको बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । मंगलबार साँझ शिक्षण अस्पतालमा भर्ना भएकी चिनियाँ महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको शिक्षण अस्पताल कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए ।…