ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित व्यक्ति लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार…