काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुनका ६० वर्षीय मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । देउरीबाट आफ्नो घर गैरुन फर्कने क्रममा खोलाले बगाएका उनको शव १ किलोमिटर तल फेला परेको थियो । यसैगरि झापामा विरिङ खोलामा आएको बाढीले बगाउँदा…