पोखरा। मनाङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामा डाँका चोरी मुद्दामा पक्राउ परेकी छिन्। हेटौंडामा समातिएकी उनलाई प्रहरीले कास्की जिल्ला प्रहरीको हिरासतमा राखेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए। उनले…