प्रदेश स्तरीय अन्तर स्थानिय तह अध्यक्ष कपको उपाधी माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल अन्तरले पराजित गर्दै माङ्सेबुङ विजयी भएको हो । आज भएको फाईनल खेलमा माङसेबुङको तर्फबाट जितका लागि टिकाराम योङहाङ र निर्मल राईले १/१ गोल गरेका गरेका थिए ।…