गृह मन्त्रालयले १६ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहका डिआइजीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।