काठमाडौं । नेपाली कांग्रेसले एकीकृत सामाजिक सुरक्षा अन्तर्गत कोखदेखि शोकसम्म कार्यक्रम चलाउने घोषणा गरेको छ । आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस नेतृत्वको सरकार बने यस्तो अभियानको घोषणा गरेको हो । घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुन्छन्…