सप्तरीको तिरहुत गाउँपालिकाले किसानको कृषि विद्युत् मिटरबापतको १० लाख रुपैयाँ महसुल तिरिदिएको छ। गाउँपालिकाले वडा नम्बर १ देखि ५ सम्मका एक हजार तीन सय किसानको कृषि विद्युतबापतको महसुल तिरिदिएको हो। गाउँपालिका कार्यालयपरिसरमा शनिबार गाउँपालिका अध्यक्ष विजय यादव, उपाध्यक्ष विनादेवी यादव र प्रमुख प्रशाकीय अधिकृत ललनकुमार यादवले संयुक्त रूपमा नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख…