पाँचथरको फाल्गुनन्द गाउँपालिकाले कृषि मार्फत समृद्धि खोजी गरेको छ । कृषि उत्पादनको प्रचुर सम्भावना भएको फाल्गुनन्द गाउँपालिकाले कृषि मार्फत नै किसानको उन्नति र पालिकाको समृद्धि खोजेको हो । परम्परागत निर्वाहमुखी खेति प्रणालीलाई सुधार गर्दै कृषिको आधुनिकिकरण र व्यवसायिककरणमा पालिकाले लगानी गरिरहेको छ । फाल्गुनन्दका अधिकांश नागरिक कृषि पेशामा आवद्ध छन् । उत्पादन बढाइ किसानको आयस्रोत…