पर्साको ठोरी गाउँपालिकाका जनप्रतिनिधि निजी सवारी प्रयोग गरेर सरकारी सेवामा सकृय छन् । सरकारी सम्पत्तीको दोहन नगर्ने र सुविधाभोगी नबन्ने उद्घोष गरेका ठोरीका जनप्रतिनिधिले सरकारी सवारीको प्रयोग नगरेका हुन् । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीसहितका सबै निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत सवारी नै प्रयोग गर्दै आएका छन् । पदमा रहँदा वा नरहँदा एउटै अवस्थामा दैनिकी…