कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अग्नि पीडित २७ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । गणतन्त्र दिवसको दिन पारेर लुम्बिनी एकीकृत विकास संस्थाको आयोजना तथा कÞतार च्यारिटीको सहयोगमा आगलागी प्रतिकार्य कार्यक्रम अन्तरगत पालिका भित्रका आगलागीबाट घर जलेर नष्ट भएका परिवारलाई खाद्यन्न वितरण गरिएको हो । यसवर्षको हिउँदमा शुद्धोधनका वडा नम्बर १, ३, ५ र ६ का ४३ घरगोठ…