रुपन्देहीको मायादेवी गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको मायादेवीलाई पर्यटकीय गन्तव्य बनाइने भएको हो । समथर खेती योग्य भू–बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका भित्र पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको…