काभ्रेको भुम्लु गाउँपालिकालाई प्रविधिमैत्री पालिका बनाइने भएको छ । स्मार्ट पालिकाको अवधारणा अनुसार समयानुसार सेवा प्रवाहको लक्ष्यसहित पालिकालाई प्रविधिमैत्री बनाउने नीति लिइरहेको हो । गाउँपालिकाका नीति, कार्यक्रम, बजेट, निर्णय र कार्यान्वयनको अवस्थासहितका गतिविधिलाई व्यवस्थित एवम् पारदर्शी बनाई नागरिक समक्ष सहजरुपमा पु¥याउन पालिकालाई प्रविधिमैत्री बनाउने नीति लिइएको भुम्लुका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा) को भनाई छ…