खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पर्यटन प्रवद्र्धनका कामलाई तिव्र पारेको छ । इतिहास, सस्कृती , पर्यटन र पर्यावरण सहितको गन्तव्य निर्माण गर्ने अभियान चलाएको नगरपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको छ । एक वडा एक सांस्कृतिक पर्यटनको नीति लिएको नगरपालिकाले सल्लेमा खोक्चिलिपा पोखरीसहितका ऐतिहासिक पूर्वाधार विकासका काम गरिरहेको छ । हलेसीको समृद्धिको आधारका रुपमा रहेको…