काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । शनिबार राति पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको राति करिब ११ बजे मृत्यु भएको हो । ती पुरुषमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो…